प्रथम पुष्पराज स्मृति टेबल टेनिस प्रतियोगिता’ हुने
२०८१ माघ २३, बुधवारकाठमाडौँ : खोल्चा पुखु खेलकुद समितिको आयोजनामा यही माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजन ललितपुर महानगरपालिका वडा ११ ले गर्ने भएको छ ।
प्रतियोगितामा विभिन्न ६ स्पर्धामा एक सय ५० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष÷महिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा खेल हुनेछ । ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष ३२ बरियताका खेलाडीले नाम दर्ता गराइसकेको अध्यक्ष शाक्यले बताउनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, १५ हजार र सात हजार पाँच सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार पाँच सय नगद पुरस्कार पाउने छन् । ललितपुर जिल्ला टेबल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब र इखाछें स्पोट्र्सले सहयोग गर्ने भएका छन् । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
