मिति :

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

२०८१/६/२३

त्रिवेणी (रुकुमपश्चिम), २० असोजः रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन् ।

रासस

  • प्रकाशन मिति : २०८१/६/२३
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य