थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

सोलुखुम्बु, ११ भदौ : सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् ।

उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो ।

पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ । रासस

  • प्रकाशन मिति : २०८१/५/१२
  • पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरकोे मकवानपुबाट उद्धार
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ