हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी

राजधानीको कंलकी, बल्खु, गोंगबु, कोटेश्वर, गौशाला, एअरपोर्टमा हरेक जिल्लाका सर्वसाधारण आउँछन् । कोही काम विशेषले आएका हुन्छन् त कोही आफन्त भेटघाट गर्न । यता, मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशीहरु पनि आउँछन् ।
दलालहरुलाई कोही काठमाडौं आएको देख्नै हुन्न । हात समाउन र झोला तान्न थालिहाल्छन् । राम्रो होटल देखाइदिन्छु भन्दै उनीहरुले दुःख दिने गरेका छन् । आफूलाई ग्राहक लगिदिएबापत कमिशन आउने भएकाले त्यसो गरिएको हो । भन्न त यति सेवासुविधा छन् भन्छन् । तर, व्यवहारमा ठ्याक्कै उल्टो हुन्छ । न खाना राम्रो हुन्छ न रुम । बसेको र खाएको मँहगो पैसा लिन्छन्, यद्यपि सेवासुविधा शून्य । होटलमा पुगेर कोठा बुक गरेपछि त पैसा तिर्नैपर्यो । सीधासाधी सर्वसाधारण यसरी ठगिँदै आएका छन् । यता, ट्याक्सी चालकहरु पनि त्यस्तै । पहिलेचाँहि बस्नु भनेर करकाप गर्छन् । सित्तैमा लगिदिन्छुजस्तो व्यवहार देखाउँछन् । सामान हाल्छन् अनि मान्छे चढाउँछन् । अलिकति गुडेपछि पाँच सयको बाटोमा दुई हजार माग्छन् । अधिकांशको भाडालाई लिएर विवाद हुन गरेको छ । एअरपोर्टमा यो धन्दा लामो समयदेखि चलिरहेको छ । त्यहाँ हरियो प्लेटको ट्याक्सी सञ्चालनमा छ । धेरैलाई कहाँ राम्रो होटल छ ? थाहा हुँदैन् । उनीहरुले चालकलाई आफ्नो समस्या भन्छन्, चालक मौकाको फाइदा उठाउँछन् । जुन होटलमा आफूलाई कमिशन आउँछ, त्यही होटलमा लगेर राखिदिन्छन् । यति मात्र नभई बाटो हिँडिरहेकालाई समेत दुःख दिने गरिन्छ । झोला देख्यो कि तान्न आइहाल्छन् । यतिमा टिकट मिलाइदिन्छु भन्दै काउण्टरमा पुर्याउँछन् । काउण्टरवालाबाट कमिशन लिन्छन् । त्यो पैसाचाँहि उनीहरुले यात्रुबाट असुल्छन् । जहिले पनि सर्वसाधारण नै मर्कामा पर्छन् । सहयोग गरेकोजस्तो देखाएर ठग्ने । यस्तो धन्दा पछिल्लो समय व्यापक मौलाएको छ । पछिल्लो समय दलालीहरुको बिगबिगी छ । जो पनि दलाल गर्छन् । वैदेशिक रोजगारीमा पठाउन पनि दलाली । म्यानपावरमा आफ्नो मान्छे छ भनेर लग्छन् । उनीहरुलाई सहयोग ग¥याझैं गर्छन् तर, उद्देश्य अर्कै हुन्छ । त्यहाँबाट उनीहरु कमिशन लिन्छन्, मारमा सर्वसाधारण पर्छन् । म्यानपावरले दलाललाई दिएको पैसा पनि सर्वसाधारण्बाट उठाउँछ । बेरोजगारी व्यापक बढेको छ । जागिरको लोभ देखाएर ठग्ने छ्याप्छ्याप्ती छन् । मेरो यहाँसम्म पहुँच छ भन्ने अनि ठग्ने । सरुवा बढुवा मिलाइदिन्छु भनेर सरकारी कर्मचारीलाई त ठग्छन्, अरुको के कुरा गर्नु ? बैंक तथा वित्तिय संस्थाबाट कर्जा मिलाइदिन्छु भन्दै लुट्ने गरिएको छ । घरको लालपूर्जा, नागरिकता लिने, पैसा असुल्ने अनि झुल्याएर राख्ने । लेखनदास, कानुन व्यवसायीहरु जेलमा परेका, प्रहरी हिरासतमा रहेकालाई छुट्याइदिने प्रलोभन देखाएर लेनदेन गर्छन् । अहिले पाइलैपिच्छे दलाली भेटिन्छन् । सुकिलामुकिला बनेका दलालीहरुले विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ‘मुर्गा’ बनाइरहेका छन् । अधिकांश सरकारी सेवा निःशुल्क बनाइएको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता बनाउन पैसा लाग्दैन् । तैपनि सर्वसाधारण ठगिने क्रम रोकिएको छैन् । दलालीमार्फत गयो भने एकछिनमै काम हुन्छ । सीधा रुपमा काम लिएर गयो भने एक साता लगाइदिन्छन् । यो मिलेन्, त्यो मिलेन् भनेर कर्मचारीले दुःख दिइरहन्छन् । अनि सर्वसाधारणलाई दलालीको चंगुलमा फस्नुबाहेको विकल्प छैन् । दिनहुँ सरकारी कार्यालय जाने फुर्सद हुँदैन् । त्यसैले त धेरैले निःशुल्क नहुने सेवाका लागि शुल्क तिर्छन् । अनुसा थापा, भक्तपुर