धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री

धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री

धनकुटा, २ भदौ : यहाँस्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् ।

कक्षा १२ मा अध्ययनरत सात विद्यार्थीले तीन जना प्रशिक्षकको सहयोगमा ती सामग्री बनाएका हुन् । विद्यार्थीले प्रविधिको प्रयोग गरी स्वचालित डस्बिन र कारलगायत सामग्री बनाएका प्रशिक्षक रामचन्द्र लिम्बूले जानकारी दिनुभयो । नमुना परीक्षणका रूपमा यस्ता सामग्री बनाएका र आगामी दिनमा घरायसी काममा प्रयोग हुने सामग्री निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विद्यार्थीले निर्माण गरेका सामग्री चौबिसे गाउँपालिकामा प्रदर्शन गरिएका छन् । प्रदर्शनीपछि गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले पालिका क्षेत्रका विद्यार्थीले गरेका सिर्जनालाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले थप योजना विकासका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टङ्कमाया पाङ्मी, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल लगायतले विद्यार्थीका सिर्जनाको प्रशंसा गर्नुभएको थियो । रासस

  • प्रकाशन मिति : २०८१/५/५
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य