उपत्यकामा गाईजात्रा पर्व मनाइयो

हिजो भाद्र ४ गते हरेक बर्ष झैं काठमाडौं उपत्यकामा गाईजात्रा पर्व मनाइयो । जनै पूर्णिमाको भोलि पल्ट यो पर्व मनाइन्छ । यस दिन यस वर्षमा घरको कुनै सदस्यको मृत्यु भएमा मृत ब्यक्तिको नाममा सोही घरको कुनै ब्यक्ति गाईको रुपमा श्रृगार गरी नगर यात्रा गर्ने गरिन्छ । हनुमान ढोका दरवार क्षेत्र अगाडीबाट यात्रा गर्ने गराइन्छ ।
यात्राको क्रममा कुनै ब्यक्ति श्राद्धको वस्त्र धारण गरि तथा कोही गाईको जस्तो भेष बनाइ नगर परिक्रमा गर्दछन् । यात्रा सहज बनाउन नगरका ठाउँ ठाउँमा पानी, जूस, शखरपानी जस्ता पेय पदार्थहरु बितरण गरिरहेका हुन्छन् भने श्रद्धालु भक्तजनहरुले यात्रामा भाग लिने यात्रीहरुलाइ बिस्कुट, खाना, रुपैया, चामल आदी दान दिने गरीरहेका हुन्छन् ।

यात्रालाइ सुब्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि स्काउटका विद्यार्थीहरु, प्रहरीका जवानहरु तथा स्थानीय स्वयं सेवकहरु पनि ठाउँ ठाउँमा खतिएर सेवा प्रदान गरिरहेका हुन्छन् । यात्राको क्रमका कोही विरामी भएमा तत्कालीन उपचारको ब्यवस्थाका लागि ठाउँ ठाउँमा प्राथमिक उपाचरको ब्यवस्था समेत मिलाइएको हुन्छ ।

यो गाईजात्राको प्रचलन मल्लकालीन राजा प्रताप मल्लको पालादेखि चल्दै आएको जनविश्वास छ । राजाको एकमात्र छोरोको असामयिक निधनका कारण उनकी रानी निकै बिछिप्त भएका कारण र हरेक प्रयास बावजुत पनि रानी शोकबाट बाहिर निस्कन नसकेका कारण राजा प्रताप मल्लले “हरेक घरमा मानिसको मृत्यु हुन्छ, यो एक प्राकृतिक प्रक्रिया हो” भनी देखाउन बर्ष भरीमा कुनै परीवारमा सदस्यको मृत्यु भएमा सो परीवारबाट एक जना यस यात्रामा भाग लिन पर्ने प्रचलन चलाए । जुन अहिलेसम्म पनि यथावत चलिरहेको छ ।
प्रकाशन मिति : २०८१/५/५