पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
२७ साउन, काठमाडौं । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन विस्तार तथा निर्माणलाई गति दिने तयारी गरिएको छ ।
तर, लगानी मोडालिटी नटुंगिएका कारण यो परियोजनाको अन्योल भने अझै हटिसकेको छैन । ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनका बेला भारतमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री हरदीपसिंह पुरीबीचको भेटमा पेट्रोलियम पाइलपाइन परियोजना अगाडि बढाउने सम्बन्धमा छलफल भएको छ । यद्यपि, सहसचिव स्तरीय संयुक्त ‘वर्किङ ग्रुप’ बैठकले मोडालिटी नटुंग्याइसकेका कारण अन्योल कायमै छ । वर्किङ ग्रुप बैठक छिट्टै बस्ने भनिए पनि समय भने तय नभइसकेको नेपाल आयल नियमले जनाएको छ । निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार यो परियोजनामा नटुंगिएको विषय नै लगानी मोडालिटी हो । यसअघि समझदारीमा भारतीय लगानीमा परियोजना बनाउने भनिए पनि त्यो अनुदान हुने वा ऋण लगानी हुने भन्ने टुंगिन बाँकी छ । नेपाल सरकारले अनुदानमा बनाइदिन भारत सरकारसँग अनुरोध गरेको छ । यसमा भारत सकारात्मक देखिए पनि वर्किङ ग्रुपमा सम्झौता नभएसम्म केही भन्न नसकिने ठाकुर बताउँछन् । अख- प्रकाशन मिति : २०८१/४/३०