अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

मकवानपुर । धादिङबाट सर्लाहीको लालबन्दी नगरपालिकासम्म जानको लागि हिँडेका पैदलयात्रीलाई थाहा नगरपालिकाले यातायातको व्यवस्था गरेकोे छ ।

उनीहरुलाई मकवानपुर जिल्ला सीमाना चुरियासम्म यातायातको व्यवस्था गरेर ६ वैशाख विहान पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

उनीहरुलाई तीनवटा गाडीमा राखेर पठाइएको हो । त्यहाँँदेखि घरघरसम्म पु¥याउनको लागि लालबन्दी नगरपालिकाले गाडी पठाउने व्यवस्था गरिएको उनले बताए ।

प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पैदलयात्रीहरुलाई गाडीमा मकवानपुरको चुरेसम्म पु¥याउन लागिएको प्रमुख विष्टले बताए । प्रमुख विष्टले भने–‘त्यहाँदेखि सर्लाहीसम्म पुग्नको लागि लालबन्दीका मेयरसंग कुरा भएको छ, गाडी पठाउँछु भन्नु भएको छ ।’

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि घर जान हिँडेका १ सय एकजना उनीहरु ५ वैशाख साँझ थाहा नगरपालिका ९ चित्लाङ आइपुगेका थिए ।

१६ जना बालबालिकासहित आएका उनीहरुलाई बेलुकीको खाना र बासको व्यवस्था थाहानगरले गरेको थियो । उनीहरु धादिङ जीवनपुरको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरहरु भएको बताएका छन् । चित्लाङमा खाना, बासको र ६ वैशाखमा यातायातको संयोजन वडा अध्यक्ष परशुराम श्रेष्ठले गरेका थिए ।

मजदुरहरु सबैको राती नै स्वास्थ्य परीक्षण गरिएको चित्लाङ स्वास्थ्य चौकीका अहेब महेश्वर लामिछानेले बताए । जाँचेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अहेब लामिछानेले बताए । ‘थाहा नगरपालिका प्रवेश गर्ने नाका चित्लाङमा हेल्थ डेस्क छ, हामी स्वास्थ्य परीक्षणका लागि खटिइरहेका छौं’, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भने–स्वास्थ्य जाँच गरेर मात्र पठाउने नगरको नीति नै छ ।’ (रापाख)

  • प्रकाशन मिति : २०८१/४/३०
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य