अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो

अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो

बागमती, ११ भदौ : पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक ११ गतेबाट सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो ।

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । रासस

  • प्रकाशन मिति : २०८१/५/१२
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य