मिति :

३६४ दिन घरअगाडि फोहोरको डंगूर, एकदिन सफा गरेर घरधनीहरु देखाउँदै ढोंग !

३६४ दिन घरअगाडि फोहोरको डंगूर, एकदिन सफा गरेर घरधनीहरु देखाउँदै ढोंग !

२०८१/७/२१ बुधबार

गाउँघरमा बस्नेहरुले दिनहुँ आफ्नो घर पोत्छन् । आफ्नो घरअगाडि आफैंले सफा गर्छन् । तर, काठमाडौं उपत्यकाबासीको घरबाहिर सरसफाइ गर्न वडाबाट कर्मचारी खटाउनुपर्छ । उपत्यकाबासी आफ्नो घरभित्रको फोहोरसमेत फुटपाथमा, सडक किनारमा ल्याएर फ्याक्छन् ।

यद्यपि, हिजो उपत्यकाभित्र फरक दृश्य देखियो । घरको गेटबाहिर कहिल्यै सफा नगर्नेहरु हिजो सडकसम्म पखालिरहेका थिए । फुटपाथ पनि सफासुग्घर पारिरहेका थिए । नेपालीको दोस्रो ठूलो महान् चाड तिहारको सबैभन्दा महत्वपूर्ण दिन भएकाले घर वरपर सफा गरिएको हो ।

नत्र त अन्य दिन त्यही ल्याएर फोहोर फ्याक्छन् । उपत्यकाभित्रका अधिकांश घर सडक वा फुटपाथसँग जोडिएको छ । बाहिरी जिल्लाको सदरमुकाममा भएका घरहरु पनि त्यस्तै छ । अघिपछि सफा नगर्ने घरधनीहरुले हिजो सडकसम्म पानीले पखालिरहेका देख्दा धेरैले आश्चर्यचकित मानिरहेका थिए ।

सडक सफा राख्नुपर्छ भन्ने मनशायले हिजो कसैले पनि सफा गरेका होइनन् । रंगोली बनाएर फेसबुकमा तस्बिर पोस्ट गर्नुपर्ने भएकाले उनीहरुले सडक गरेका हुन् । ३६५ दिनमा ३६४ दिन सडकतर्फ फर्केर पनि नहेर्नेहरुले हिजो सडक सफा गर्दा धेरैले आश्चर्य मान्नु स्वभाविकै पनि हो ।

वर्षौंभरी आफ्नो घरको ढोकाअगाडि फोहोर गर्छन् । माथिबाट फोहोर सिँधै सडकमा फ्याकिदिन्छन् । सडक दुर्गन्धित बनाएर बाटो हिँड्नेलाई समस्यामा पारिदिन्छन् । नगरपालिकाबाट फोहोर उठाउन नआएसम्म सडकमै फोहोर थुप्रिरहन्छ । अन्यलाई रोगी बनाउँछन्, घरधनीहरु ।

अनुसा थापा, भक्तपुर

  • प्रकाशन मिति : २०८१/७/२१
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य