मापदण्डविपरीत र भूकम्पले चर्काइसकेको घरलाई भटाभटी सम्पूर्णताको प्रमाणपत्र
२०८१ माघ २३, बुधवारस्थानीय पालिका र वडामा केही समययता व्यापक भीड बढेको छ । तर, त्यो भीड घरबहाल कर तिर्न र व्यवसाय दर्ता गर्न होइन्, घरको सम्पूर्णताको प्रमाणपत्र लिनको लागि हो ।
सम्पूर्णताको प्रमाणपत्र भएको घरको बेच्दाखेरि राम्रो मूल्य आउँछ । बैंकमा धितो राखेर कर्जा लिन पनि सहज हुन्छ । त्यसैले सम्पूर्णताको प्रमाणपत्र लिन आउनेको चाप बढेको हो । सम्पूर्णताको प्रमाणपत्र सरकारले बनाएको मापदण्डभित्र बनेको घरले मात्र पाउँछ । गज्जबको कुरो के भने, अधिकांश घर सरकारको मापदण्डभित्र पर्दैन् । तैपनि तिनले घरको सम्पूर्णको प्रमाणपत्र लिएका छन्, कसरी ? सम्पूर्णताको प्रमाणपत्र लिन उनीहरुले तीन वटा विकल्प आएका छन् । पहिलोः त्यहाँ भएका कर्मचारी वा जनप्रतिनिधिलाई फकाउने । दोस्रो राजनीतिक दलमार्फत भन्सुन गर्ने । तेस्रो जनप्रतिनिधि र कर्मचारीलाई घुस खुवाउने । राजनीतिक आड, पैसाको लोभ र भोटको प्रलोभनमा स्थानीय पालिकाहरुले सम्पूर्णताको प्रमाणपत्र दिइरहेका छन् । सम्पूर्णता नभएका घरहरुलाई दिइएको प्रमाणपत्रले भविष्यमा सरकारलाई ठूलो क्षति पुर्याउने निश्चय नै छ । पैसा दिएर खरिद गरेको प्रमाणपत्र देखाएर उनीहरुले सरकारलाई नै अप्ठेरोमा पारिदिन्छन् । केही कारणबस त्यो घर भत्काउनुपर्यो भने उनीहरुले क्षतिपूर्ति माग्छन् । देशमा शहरी विकास मन्त्रालय र शहरी विभाग छ । काठमाडौं उपत्यका विकास प्राधिकरण पनि यस विषयमा चुप्पी साँधेर बसेको छ । माथिल्लो तह चुपचाप बस्दा तलकालाई कमाउने अवसर भएको छ । एमाले अध्यक्षसमेत रहेका देशका प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्,‘मपनि भ्रष्टाचार गर्दिन्, अरुलाई पनि गर्न दिन्न ।’ त्यसो भए सम्पूर्णताको नाममा खुलेआम भइरहेको भ्रष्टाचार गर्न के हो त ? काठमाडौं उपत्यकाभित्रका ९५ प्रतिशत घरहरु सरकारको मापदण्डभित्र पर्दैन् । तर, यी घरधनीहरुले भटाभटी सम्पूर्णताको प्रमाणपत्र लिइरहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र त्यसमातहतको विभागले भू–माफियासँग कमिशन खाएर जग्गा प्लानिङ गर्न दियो । माफियाले डाँडाकाडा केही भनेनन् । खेतीयोग्य जमिन त प्लानिङ गरियो गरियो, साथै डाँडाकाडामा पनि डोजर चलाइयो । दलालीकै कारण अस्तव्यस्त बस्ती बस्यो । एक आना जग्गामा पनि घर बनेको छ । फाइदा कसलाई भयो भन्दा माफिया र घुस खाएर डाँडाकाडामा डोजर चलाउन दिनेहरुलाई । आज काठमाडौं उपत्यका मुलुककै अव्यवस्थित शहर बनेको छ । अनुसा थापा भक्तपुर
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
