मिति :

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

गलकोट (बागलुङ): हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ ।

बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् । यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र गुञ्जायमान भएको हो । लोपोन्मुख अवस्थाका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षण गर्न थालेका छन् ।

निकै खर्चिला मानिने थेतर, नागनागिनी र शिखारी नाच लोप भइसकेको छ । बागलुङमा नौ वर्षपछि हनुमान नाचसमेत देखाइएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । शाक्य कल्याण समाजले लाखे र जोगी नाच संरक्षण गर्दै आएको छ । हनुमान नाच संरक्षण परिषद्ले हनुमान नाचलाई जीवित तुल्याएको छ ।

यस्तै नेवा ल्याम्ह पुच बागलुङले कटुवाल, होवा, घोडा नाच र रोपाइँ नाचलाई व्यवस्थित बनाएर देखाउँदै आएको छ । नेवा ल्याम्ह पुचकै अगुवाइमा वर्षौसम्म देखाउन नसकिएको बाटो नाप्ने परम्परा सुरु गरिएको छ ।

रासस
  • प्रकाशन मिति : २०८१/५/१९
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य