मिति :

ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व

ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व

बागमती, १७ भदौः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो । चालु आव २०८१/८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट रु ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट रु १३ लाख ८२ हजार गरी रु ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयले अघिल्लो आव २०८०/८१ को पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा रु १२ लाख १२ हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ । विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ ।

कार्यालयकानुसार चालु आव २०८१/८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ । जसमा एक जना बालकको मृत्यु भएको छ ।

गत आव २०८०/८१ मा मकवानपुरमा दुई सय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । जबकी आव २०७९/८० मा दुई सय ५२ सवारी दुर्घटना हँुदा ६१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए ।

आव २०८०/८१ मा रु दुई करोड ८३ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ३७ हजार नौ सय ६० सवारी साधनमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयले गत आव २०७९/८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो । ‘‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ”, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो,‘‘आव २०८०÷८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ ।”

बढ्दो सवारी साधनको चाप, साघुँरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको कथन छ ।

रासस
  • प्रकाशन मिति : २०८१/५/१९
  • अग्रपृष्थ

    विश्व शान्तिको कामनासहित महाआरती
    थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
    पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

    अर्थ /बिकास

    हुम्लाको सदरमुकाममा नेपाल टेलिकमको सेवा बिस्तार
    नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा
    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो
    काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा"
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?

    स्वास्थ्य

    बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

    धर्म/संस्कृति

    हिन्दू देवता भगवान श्री कृष्ण
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो

    बिचार/लेख

    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

    उपत्यका

    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’

    समसामायिक

    अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

    बालकथा

    इमानदार किसान र धोखेबाज बेकर
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा

    अपराध

    धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ
    सुनचाँदी सहित चार पक्राउ
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन

    मनोरञ्जन

    लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल

    खेलकुद

    ‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक

    अन्य

    गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ