सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

२०५४ सालमा काठमाडौं महानगरपालिकाको नेतृत्व केशव स्थापितले गरेका थिए । वडा नम्बर २६, गोगंबुस्थित १६१ रोपनी जग्गा बनेको नयाँ बसपार्क ४५ वर्षका लागि ल्होत्से सहकारीका दिपक कुँवरलाई दिने उनी नै हुन् । सरकारले २०३९ सालमा गोगंबुको जग्गा अधिग्रहण गर्यो ।

त्यसअघि ती जग्गा व्यक्तिको थियो । रोपनीको ५० हजार दिँदै व्यक्तिको जग्गा सरकारको नाममा ल्याइयो । जापान सरकारले उनीहरुकै लगानीमा नयाँ बसपार्क बनाइदियो । सो बसपार्कमा दिपकको रजाइँ चलेको छ । बसपार्क सञ्चालन गरेबापत ल्होत्सेले महानगरलाई वार्षिक एक करोड १० लाख रुपैयाँ भाडा तिर्छ ।

तर, त्यहाँ एउटै सटरको मासिक तीन लाख रुपैयाँसम्म भाडा उठाइन्छ । एउटा गाडी बसपार्कभित्र छिर्नेबित्तिकै एक हजार रुपैयाँ लिन्छ, ल्होत्से । २४ घण्टा सवारी पार्किङ्ग गरेको शुल्क एक हजार रुपैयाँ तोकिएको छ । यात्रुले टिकट काटेको रकमबाट २५ प्रतिशत कमिशन ल्होत्सेले लिँदै आएको छ ।

१६१ मध्ये ६५ रोपनीमा मात्र बसपार्क बनेको छ । बाँकी जमिनमा ल्होत्सेले भवन तथा टहरा बनाएको छ । जम्मै भाडामा लगाएर ल्होत्सेले पैसा उठाइरहेको छ । राजनीतिक दल र ल्होत्सेका सञ्चालकहरुले त्यहाँमध्येको धेरै जग्गा आफ्नो नाममा लगिसकेको सुनिन्छ ।

ल्होत्सेले बसपार्कबाट मासिक ५ देखि ६ करोड रुपैयाँ आम्दानी गर्छ । तर, महानगरलाई तिर्छ वर्षको एक करोड १० लाख । सरकारले २०७६ चैत ११ र २०७८ वैशाख १६ गतेबाट लकडाउन गर्यो । त्यसको भरपुर फाइदा ल्होत्सेलाई भयो । महानगरलाई तिर्नुपर्ने रकम मिनाहा गराएरै छाड्यो ।

यो त एउटा उदाहरण मात्र हो । ल्होत्सेले त खुलेआम राज्यलाई ठगिरहेको छ । लुकीछिपी सरकारी सम्पत्ति दोहन गर्ने यहाँ सयौं छन् । सरकारको सम्पत्तिमा व्यक्तिहरुको मोज चलेको छ । सरकारी, गुठी, सार्वजनिक जग्गामा राजनीतिक दलका कार्यालय छन् । विद्यार्थी, कर्मचारी संगठनका भवन पनि सरकारी जग्गामै छ ।

मुलुकका नाम चलेका, प्रतिष्ठित र ठूल्ठूला होटल पनि सरकारी जग्गामै बनेको छ । व्यक्तिहरुले सरकारको सम्पत्ति आफ्नो नाममा लगेर घर ठड्याएका छन् । सरकारी सम्पत्तिमा टहरा हालेर भाडामा लगाउने काम त वर्षौंदेखि भइरहेको छ । राजनीतिक दललाई सरकारी सम्पत्ति देख्नै हुन्न, झ्वाम्म पारिहाल्छन् । सरकारी सम्पत्ति र जनताले तिरेको करले नपुगेर विदेशबाट ऋण पनि लिएका छन् । सायदै यस्तो विकास कुनै देशमा भएको होला ? यस्ता पनि नेता ? जनता र सञ्चारमाध्यमको आँखा कहिले खुल्छ ?

अनुसा थापा, भक्तपुर

  • प्रकाशन मिति : २०८१/५/१२
  • पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरकोे मकवानपुबाट उद्धार
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ