लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित

लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित

बेनी (म्याग्दी), ८ भदौः लोक संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पु¥याउने पाँचजना कलाकार र पत्रकारलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।

आज बेनीमा आयोजित २०औँ वार्षिक साधारणसभाका अवसरमा जिल्लाका अग्रज लोकगायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोकगायक तथा संस्थाका पूर्वअध्यक्ष कृष्ण जिसी, लोकदोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार कमल खत्री र अमृत बास्कुनेलाई सम्मान गरेको हो ।

उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य तथा अग्रज लोकगायिका धनकुमारी थापा, प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीलगायतले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

जिल्लामा प्रत्यक्ष दोहोरीको विजारोपण गरी फुलाउन र पक्राउन गायक पौडेललको महत्त्वपूर्ण योगदान रहेको छ । प्रतिष्ठानमा दुई कार्यकालसम्म नेतृत्व गर्नुभएका लोकगायक जिसीले संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका निभाउनुभएको थियो ।

हाल अमेरिका कर्मथलो बनाउनुभएका लोकदोहोरी गायक बोहोराका मालिका धुरी सालैजो, घुमौला बेनी सङ्क्रान्ति मेलैमा, वनचरी, शिरैमा शिरबन्दी, प्याउली फूल पहेँलैलगायत गीत चर्चित छन् ।

पत्रकारिताको माध्ययमबाट जिल्लामा लुकेका र ओझेलमा परेका मौलिक कला र संस्कृतिको उजागर गर्ने क्षेत्रमा राष्ट्रिय समाचार समितिका म्याग्दी प्रतिनिधि खत्री र गोरखापत्रका जिल्ला संवाददाता बास्कुनेले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । रासस

  • प्रकाशन मिति : २०८१/५/१२
  • पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरकोे मकवानपुबाट उद्धार
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ