नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा

नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा

काठमाडौँ, ८ भदौ: वास्तु विज्ञानका आधारमा प्रविधिको प्रयोग गरी नेपालमा पहिलो वेबसाइट सञ्चालनमा आएको छ । वास्तु विज्ञान प्रालिले वास्तु क्षेत्रका परामर्शकर्ता, इन्जिनियर, वास्तु अनुयायीहरूलाई सहयोग हुने गरी खबकतगदष्नथबल।अयm नामक वेबसाइट राजधानीमा आयोजित एक समारोहबीच अनावरण गरेको हो ।

वेबसाइटमा वास्तुका लागि आवश्यक पर्ने दिशा चयन, नक्साको वास्तुस्थिति र वास्तु प्रभाव, सडक प्रभाव, माटोको परीक्षण विधिलाई सहज रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी वास्तुका क्षेत्रमा अधिक प्रयोग हुने ४५ देवताको स्थान, ऊर्जाको प्रभाव तथा देवताको उपचार विधिलाई प्रस्तुत गरिएको छ ।

वास्तु विज्ञान डटकमको अनावरण गर्दै विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले नेपालमा यस किसिमको वेबसाइटको सुरुआत गौरवपूर्ण कार्य भएको बताउनुभयो । उहाँले वास्तु सकारात्मक बनाएर जीवन समुन्नत पार्न मानिसले नै प्रयोग गर्न सक्ने वैदिक विधि भएकाले वेबसाइटले सर्वसाधारणको जीवनमा सकारात्मक प्रभाव ल्याउन कोशेढुङ्गा बन्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्टले विभिन्न ग्रन्थहरुको अध्ययन गरी तथ्यांकहरुको सही प्रयोग भएकोले वास्तुविज्ञानडटकमले नेपालको वास्तु सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले साधना, अध्ययन र प्रविधिसमेतको प्रयोग भएको वेबसाइटले नेपाली वास्तुको क्षेत्र उच्चस्तरमा लैजाने सम्भावना रहेको बताउनुभयो ।

त्यसैगरी नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले हजारौँ तलाको भवन बनाउने वैदिक विधान रहेकाले शास्त्रीय मान्यता र आधुनिक विज्ञानको प्रयोग अत्यन्तै व्यावहारिक भएको बताउनुभयो ।

कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासङ्घका सभापति आचार्य लक्ष्मण पन्थी, वैदिक वास्तुका विज्ञ डा श्रीविमल पौडेललगायतले वेबसाइटले वास्तुका क्षेत्रमा नयाँ इटा थप्ने काम गरेको बताउनुभयो । वास्तु विज्ञानको तर्फबाट वास्तुविज्ञानडटकम सर्जक शालिकराम भण्डारीले वेबसाइटका बारेमा प्रस्तुति गर्नुभएको थियो । रासस

  • प्रकाशन मिति : २०८१/५/१२
  • पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरकोे मकवानपुबाट उद्धार
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ