तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत

तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत

दमौली (तनहुँ), ९ भदौ ः तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा वन्यजन्तुबाट घरपालुवा चौपाया क्षति भएवापत डिभिजन वन कार्यालयले कृषकलाई रु छ लाख ६१ हजार नौ सय ८५ राहत उपलब्ध गराएको हो । यस्तै चितुवाको र बाँदरको आक्रमणबाट घाइते भएका पीडित परिवारलाई उपचार खर्चवापत रकमसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

चितुवा र बाँदरको आक्रमणबाट घरपालुवा चौपायाबाट मृत्यु भएपछि कृषकले दिएको निवेदनका आधारमा कार्यालयले राहत रकम उपलब्ध गराएको डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँकानुसार उक्त अवधिमा व्यास नगरपालिका, म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका, शुक्लागण्डकी र भिमाद नगरपालिकाका कृषकलाई राहत उपलब्ध गराइएको हो ।

त्यस अवधिमा ६० बाख्रा, १० पाडापाडी, २२ कुखुरा आक्रमणमा परेका थिएका भन्दै ४६ कृषकले निवेदन दिएकामा क्षतिको आधारमा राहत रकम उपलब्ध गराइएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँकानुसार व्यास नगरपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट ४१ पशुचौपायाको मरेकामा १२ जनालाई रु एक लाख ३६ हजार, म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँबाट छ पशुचौपायाको मरेकामा छ कृषकलाई रु एक लाख ४१ हजार, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा आक्रमणबाट मरेका १५ पशुचौपायावापत आठ कृषकलाई रु ५५ हजार आठ सय राहत उपलब्ध गराइएको छ ।

यस्तै, आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट ११ पशुचौपाया मरेकामा पाँच कृषकलाई रु एक लाख ४८ हजार, भानु नगरपालिकाका विभिन्न ठाउँमा बाँदर र चितुवाको आक्रमणबाट मरेका १६ पशुचौपायावाफत १० कृषकलाई रु एक लाख २९ हजार नौ सय ८५, शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट मरेका छ पशुचौपायावापत चार कृषकलाई रु ४३ हजार र भीमाद नगरपालिकामा चितुवाको आक्रमणबाट मरेका दुई पशुचौपायाकोरु आठ हजार राहत उपलब्ध गराइएको छ ।

कार्यालयले बाँदरको आक्रमणबाट घाइते भानु नगरपालिका–३ स्थित अशोक सुनारलाई रु छ हजार छ सय ६० र भानु नगरपालिका–३ का रनबहादुर तामाङलाई रु १६ हजार आठ सय २५, चितुवाको आक्रमणबाट घाइते आँबुखैरेनी गाउँपालिका–१ का प्रणिता गौलीलाई रु ८५ हजार दुई सय र म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई रु एक लाख सात हजार उपचार खर्च उपलब्ध गराएको डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले बताउनुभयो । रासस

  • प्रकाशन मिति : २०८१/५/१२
  • पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरकोे मकवानपुबाट उद्धार
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ