‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम

‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम

काठमाडौँ, ८ भदौः पन्ध्र मिटर उचाइको वाल क्लाइम्बिङ प्रतिस्पर्धामा पुरुषतर्फ भीमबहादुर तामाङ र महिलातर्फ सपना ढुङ्गेल प्रथम हुनुभएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित खुल्ला वाल क्लाइम्बिङ प्रतियोगिता (शीर्ष डोरी संस्करण)मा तामाङले ३६ मिनेट ६९ सेकेन्ड र ढुङ्गेलले ५५ मिनेट ३७ सेकेन्ड समयमा उचाइ चढ्दै प्रथम स्थान हासिल गर्नुभएको हो । धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ५७ र महिलातर्फ २३ जनाले सहभागिता जनाउनु भएको थियो । प्रतिष्ठानको स्पोर्टस कमिटीले आयोजना गरेको प्रतिस्पर्धामा छिरिङ राई द्वितीय, विजय श्रेष्ठ तृतीय, विशाल भट्ट चौथो र आशिष हेम्बाले पाँचौँ स्थान हासिल गर्नुभयो । प्रथम स्थान हासिल गर्न सफल तामाङलाई नगद रु चार हजारसहित पुरस्कृत गरिएको छ ।

यस्तै, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजार नगदसहित पुरस्कृत गरिएको हो । महिलातर्फ प्रथम ढुङ्गेललाई रु चार हजार नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, जस्मिन कार्की द्वितीय, सरस्वती खडका तृतीय, निर्मला भट्ट चौथो र बिनु राई पाँचाँै स्थान हासिल गर्न सफल हुनुभयो । उहाँहरूलाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताका इन्चार्ज सुस्मिता श्रेष्ठले पर्वतारोहण विषयमा स्नातक अध्ययनबारे थप जानकारी दिँदै अध्ययनका लागि प्रोत्साहन गर्नेे उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई लक्षित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायक एवं प्रशिक्षक लाक्पा शेर्पाले उचाइसम्म पुग्न लाग्ने समय र प्वालमा समातेको स्कोरका आधारमा अंश प्राप्त हुने जानकारी दिनुभयो । नेपाल आरोहण खेल सङ्घका उपाध्यक्षसमेत रहनुभएका शेर्पाले वाल क्लाइम्बिङ एवं चट्टान आरोहण खेल मनोरञ्जन र व्यवसायका रुपमा पनि सम्भावना बोकेको खेल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको भौगोलिक अवस्थितिअनुसार यो महत्वपूर्ण सम्भावना बोकेको साहसिक खेल हो । ओलम्पिकमा समेत समावेश गरिएकाले यस खेललाई नयाँ युवापुस्तालाई साहसिक खेलमा सहभागी गराउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउँछ ।” रासस

  • प्रकाशन मिति : २०८१/५/१२
  • पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरकोे मकवानपुबाट उद्धार
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ