मिति :

विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा

विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा

२०८१/७/१४ बुधबार

काठमाडौँ, १२ कात्तिक: विश्वभरका सङ्गीत र ‘पर्फर्मिङ आर्टस्’ का विद्यालयको नेटवर्क क्याम्प (ग्लोमस) को सातौँ संस्करण नेपालमा भइरहेको छ । नेपाल म्युजिक सेन्टर ट्रष्टको आयोजनामा अक्टोबर २० देखि ग्लोमस सुरु भएको हो । विश्वका २१ देशका ३१ विश्वविद्यालयका करिब एक सय ५५ सङ्गीतका विद्यार्थीको ग्लोमसमा सहभागिता रहेको छ । सङ्गीतका विद्यार्थीले २० अक्टोबरदेखि नै गोकर्ण रिसोर्टमा प्रशिक्षण अभ्यास गरिरहेको आज आयोजित अभ्यास प्रदर्शनका क्रममा जानकारी गराइएको हो ।

कार्यक्रमको सुरुआत गर्नुहुँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले यस्ता कार्यक्रमले सङ्गीतका माध्यमबाट संस्कृतिको आदानप्रदान हुने बताउनुभयो । यस्ता कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने उहाँको भनाइ थियो ।

ट्रष्टका अध्यक्ष सन्तोष शर्माले नेपालमा औपचारिकरूपमा सङ्गीतको शिक्षा दिन संस्थाले योगदान गरेको बताउनुभयो । स्थानीय कलाकारको प्रवर्द्धनसमेत गर्ने उद्देश्यले स्थापना भएको संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो । क्याम्पमा ६० जना सङ्गीतका विद्यार्थीको पनि सहभागिता रहेको छ ।

सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीले यो क्याम्प पहिलोपटक सन् २००७ मा मोजाम्बिकमा भएको जानकारी दिनुभयो । यसैगरी क्रमशः घाना, ताञ्जानिया, मलेसिया, ब्राजिल, डेनमार्कमा सम्पन्न भइसकेको छ ।

रासस

  • प्रकाशन मिति : २०८१/७/१४
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य