माइमेलामा भक्तजनको भीड
२०८१ माघ ९, बुधवारकाठमाडौ ः झापाको कनकाई नदी किनारमा सुरु माइमेलामा माघे सङ्क्रान्तिको अवसरमा हजारौँ भक्तजनले स्नान गरे । मेलामा सहभागी हुन कोशी प्रदेशलगायत भारतबाट पनि हजारौंको सङ्ख्यामा भक्तजन आएका थिए ।
शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई माइको किनारमा सुरु मेलामा हजारौँको सङ्ख्यामा भक्तजन सहभागी हुने भएपछि एक सय प्रहरी तथा नगर प्रहरीले सुरक्षा दिएका थिए । साथै ट्राफिक व्यवस्थापनमा उच्च सतर्कता अपनाइएकाले सवारी आवगमनमा कुनै अवरोध नभएको वडा नं. १० अध्यक्ष हर्क सि गुले बताउनुभयो । माइमेला गत पुस २८ गते शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले उद्घाटन गर्नुभएको थियो । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
