नेपाल टेलिकमका टावरहरुमा क्षति पु¥याउने प्रयास
२०८१ पौष १०, बुधवारहाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका न टेलिकमका BTS टावरहरुमा अनधिकृत रुपमा केही समूह÷व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा कम्पनी दुःख व्यक्त गर्दछ ।
सर्केगाड गाउँपालिका–०५ स्थित बरै माइक्रो वी.टी.एस. मा पौष ४ गते सोलार प्यानल, VSAT का उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ । सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न÷नगराउनुहुन समेत नेपाल टेलिकम सबैमा अनुरोध गर्दछ । हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ । कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (x) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ ।
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
