मिति :

वन अतिक्रमण गर्न खोज्नेहरू नियन्त्रणमा

वन अतिक्रमण गर्न खोज्नेहरू नियन्त्रणमा

२०८१ मङसिर १२, बुधवार

घोडाघोडी (कैलाली), ः कैलालीको धनगढी उपमहानगर–पालिका–१६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न खोज्नेलाई नियन्त्रणमा लिइएको छ । धुर्जन्नामा रहेको खुटीया नदी किनारको खुला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरी दुई सय बढी मानिसहरू पाल टाँगेर बसेका थिए ।

सामुदायिक वनको २० हेक्टर बढी खाली रहेको जमिनमा उनीहरू बस्न आएको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार उनीहरू पाल टाँगेर घर छाप्रो बनाउने योजनामा रहेका थिए ।

अतिक्रमण गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टको नेतृत्वमा गएराति गस्ती टोली गएको थियो । डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको संयुक्त टोली र सशस्त्र प्रहरीलगायतले अतिक्रमण हटाएको फूलबारी सव डिभिजन वन कार्यालयका प्रमुख जीवक्ष यादवले जानकारी दिनुभयो । सो क्रममा आठ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मानबहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनिराम पाध्याय, पवन रसाइली, मानबहादुर कामी, राजेश कामी रहेको यादवले जानकारी दिनुभयो ।

उनीहरू डोटी, कैलाली, बाजुरा, अछामलगायतका जिल्लाबाट आएका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरी वन ऐन नियमावलीअनुसार कारबाही गरिने यादवले जानकारी दिनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर १२, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य