रामकोटमा रु ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
२०८१ पौष १०, बुधवारकाठमाडौँ, ७ पुसः नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उक्त धाम निर्माण गरेको हो ।
धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजाको व्यवस्थापन तथा उद्घाटन गरिने र यसका लागि निर्माण व्यवसायी जयराम लामिछानेको संयोजकत्वमा तीन हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले जानकारी दिनुभयो ।
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
