मिति :

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग.

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी, ७ असोजः नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताउनुभयो ।

“दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा जङ्गलको लोक्ता सङ¬्कलन गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।”

यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनःसञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो । उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ ।

माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताउनुभयो । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उहाँले बताउनुभयो । जङ्गलमा गाईवस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् ।

बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताउनुभयो ।

“एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उहाँले भन्नुभयो, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।” समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ ।

सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकतानुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ ।

अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् । समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ । म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ । सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ ।

रासस

  • प्रकाशन मिति : २०८१/६/९
  • अग्रपृष्थ

    टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु
    सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै
    मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
    दुई दशकदेखि वायु ऊर्जा अलपत्र
    नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल
    प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने, पायो ५० सिट
    सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने
    तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी
    विश्व शान्तिको कामनासहित महाआरती
    थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
    पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

    अर्थ /बिकास

    नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
    भिडोल लुब्रिकेन्टको डिलर मिट
    केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
    श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी
    चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
    वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने
    तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
    हुम्लाको सदरमुकाममा नेपाल टेलिकमको सेवा बिस्तार
    नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा
    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो
    काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा"
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?

    स्वास्थ्य

    हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण
    आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै
    कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
    चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
    साउनयता ७८ जनामा स्क्रबटाइफस
    बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

    धर्म/संस्कृति

    मिथिलाञ्चलमा जितिया पर्व सुरु
    ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
    इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाए
    ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड
    बाबुको मुख हेर्ने दिन
    हिन्दू देवता भगवान श्री कृष्ण
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो

    बिचार/लेख

    दलाली तथा कमिशनखोरी बाटै चलेको छ देश
    सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी

    उपत्यका

    शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग
    ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु.
    नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास
    इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्याइयो
    देगु तलेजुको पुनःनिर्माण सम्पन्न
    कला, संस्कृति र सम्पदा संरक्षणका लागि ‘ज्यापू कल्याण तालिम भवन’
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’

    समसामायिक

    बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द
    सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था
    अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन
    नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन
    मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
    ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’
    सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाइयो
    चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो
    ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व
    वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
    आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक
    अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

    बालकथा

    मौली र एक भाँडो दुध
    दुई बीउ
    लुटपाटमा सङ्लग्न सात जना पक्राउ
    खरायो र शिकारी
    बिरालो र स्याल
    इमानदार किसान र धोखेबाज बेकर
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा

    अपराध

    करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला
    पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
    प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
    लुटपाटमा सङ्लग्न सात जना पक्राउ
    गैँडा चोरी सिकारीमा फरार चौतिस जना पक्राउ
    धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ
    सुनचाँदी सहित चार पक्राउ
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन

    मनोरञ्जन

    पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा
    पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई
    ‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
    ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु
    लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल

    खेलकुद

    ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई
    आइसिसी विश्वकप लिग–२: नेपाल क्यानडासँग पराजित
    चार लाख राशिको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
    स्केट जोनतर्फ आकर्षण बढ्दो
    पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई
    ‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक

    अन्य

    अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त
    नेपाल टेलिकमको प्रवक्ता टोकिएको बारे सूचना
    यस वर्ष विपद बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी
    बाल दिवसका अवसरमा नृत्य र वक्तृत्वकला प्रतियोगिता
    भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय
    गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ