मिति :

स्केट जोनतर्फ आकर्षण बढ्दो

स्केट जोनतर्फ आकर्षण बढ्दो

रामपुर (पाल्पा), २२ भदौ : ‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ ।

फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा ९ मा पढ्ने छात्रा साकिया बानु बताउनुहुन्छ । उहाँ विद्यालय खुलेका बेला साँझ बिहान तथा बिदाका दिन दिउँसोमा यहाँ आएर खेल्ने गर्नुहुन्छ । “खेल खेल्दा शारीरिक तथा मानसिक रुपमा नै आनन्द महसुस हुन्छ, यहाँ खेल खेलेर घर गएपछि लेखपढ गर्न उत्साह थपिएको अनुभूति गरेको छु, समय मिलाएर आइराख्ने गरेको छु”, बानुले भन्नुभयो ।

“व्यवसाय सुरु भएको करिब तीन महिना भएको छ, रामै्र चलेको छ, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “जनघनत्व बढ्दै गएको रामपुरमा स्केट जोन सुरुआत गरेपछि मोबाइल, टिभी हेरेर समय बिताउने बालबालिका समय मिलाएर फुर्सदको समय यहाँ खेल्न व्यस्त बनेका छन् ।” रामपुरमा पहिलो र नौलो व्यवसाय भएकाले यहाँ खेल्न मात्रै नभई हेर्न पनि आउने गरेका छन् । बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहका नागरिक उत्साहका साथ खेल अवलोकन गर्न र खेल्न आउने गरेका छन् ।

टिकटको मूल्य एक घण्टाका लागि रु एक सय ५० कायम गरिएको छ । ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । व्यवसाय सञ्चालन गर्न आठ कर्मचारीको व्यवस्था गरिएको छ । यहाँ बिहान ७ देखि साँझ ९ बजेसम्म खेल्ने व्यवस्था छ । खेल खेल्दा सुरक्षाका लागि हेल्मेट, जुत्ता, हातखुट्टामा लगाउने सेफ्टी गार्डको व्यवस्था गरिएको छ । खेल्ने क्रममा चोटपटक लागेमा रु एक लाखसम्मको दुर्घटना बीमा समेत सञ्चालक श्रेष्ठ बताउनुहुन्छ ।

बालबालिका विद्यालय छुट्टी भएपछि घरमा मोबाइल र टेलिभिजनमा व्यस्त हुन्थे । केही बालबालिका कुलतमा फस्ने स्थितिलाई यहाँ स्केट जोन सुरुआत गरिएपछि खेल्नतर्फ उनीहरुको ध्यान तानिएको छ । अहिले बालबालिकाको ध्यान बढी मोबाइलमा, टेलिभिजनमा केन्द्रित भएकाले त्यो बानी हटाउन स्केट जोन थालनी गरिको सञ्चालक सन्तोष पोखरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालय बिदाको दिन, साँझ सबहान समय मिलाएर बालबालिका आउने गर्छन्, शान्त वातावरण आनन्दले खेल खेलेर फर्कने गरेका छन्, फुर्सदको समय खेलमा बितेको छ ।”

रासस

  • प्रकाशन मिति : २०८१/५/२६
  • अग्रपृष्थ

    सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने
    तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी
    विश्व शान्तिको कामनासहित महाआरती
    थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
    पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

    अर्थ /बिकास

    वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने
    तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
    हुम्लाको सदरमुकाममा नेपाल टेलिकमको सेवा बिस्तार
    नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा
    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो
    काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा"
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?

    स्वास्थ्य

    साउनयता ७८ जनामा स्क्रबटाइफस
    बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

    धर्म/संस्कृति

    बाबुको मुख हेर्ने दिन
    हिन्दू देवता भगवान श्री कृष्ण
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो

    बिचार/लेख

    दलाली तथा कमिशनखोरी बाटै चलेको छ देश
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

    उपत्यका

    कला, संस्कृति र सम्पदा संरक्षणका लागि ‘ज्यापू कल्याण तालिम भवन’
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’

    समसामायिक

    ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व
    वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
    आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक
    अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

    बालकथा

    बिरालो र स्याल
    इमानदार किसान र धोखेबाज बेकर
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा

    अपराध

    गैँडा चोरी सिकारीमा फरार चौतिस जना पक्राउ
    धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ
    सुनचाँदी सहित चार पक्राउ
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन

    मनोरञ्जन

    ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु
    लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल

    खेलकुद

    पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई
    ‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक

    अन्य

    भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय
    गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ