मिति :

वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने

वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने

काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गरे ।

सो अवसरमा बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्व स्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको र यसलाई पञ्चकन्या मार्केटिङ मार्फत प्रयोग गर्नका लागि सबैलाई आग्रह गरे । भारतका टप कम्पनीहरुमा पर्ने र धेरै अटोमोबाइल निर्माता कम्पनीहरुले ओर्ईएमको रुपमा र आफ्ट मार्केटका रुपमा समेत प्रयोग गर्ने यी टुल्स र इक्विपमेन्ट नेपालमा समेत सबैले रुचाउने अपेक्षा गरे ।

अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले वर्कशपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमा मात्रै सवारी साधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने बताए ।

पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटोमोबाइल क्षेत्रमा लामो समय देखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रुपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्राइएको बताए । उनले गुणस्तरीय भएकै कारण यी टुल्स र इक्विपमेन्ट सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

ओएलएसले फोर ह्विलर र कमर्सियल भेइकल तथा टु ह्विलरको वर्कशपका लागि आवश्इक टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथ लगायत यससँग सम्बन्धित सबै स्पेयर पार्ट्स उपलब्ध गराउछ ।

ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार विभन्नि उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।

कम्पनीले भारत वाहेक मिडिल इस्ट, अफ्रिकाका साथै एसियामा नेपाल वाहेक बंगलादेश, श्रीलंका, भुटान लगायतका विभिन्न देशमा यी इक्विपमेन्ट उपलब्ध गराएको छ । पछिल्लो समयमा चर्चामा रहेका इलेक्ट्रिक भेइकलको मर्मत सम्भारका लागि आवश्यक टुल्स र इक्विपमेन्ट समेत ओएलएसले उत्पादन गर्छ ।

आयल ल्युब सिस्टम ४१ वर्ष पुरानो कम्पनी हो । विश्व स्तरीय गुणस्तरीय उत्पादनका लागि ओएलएस लोकप्रिय छ । यो आईएसओ ९००१:२०१५ र सीई सर्टिफाइड कम्पनी हो । भारतको फरिदावाद, पुणे र बैंगलोरमा यसको कारखाना छ ।

  • प्रकाशन मिति : २०८१/५/१९
  • अग्रपृष्थ

    विश्व शान्तिको कामनासहित महाआरती
    थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
    पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

    अर्थ /बिकास

    हुम्लाको सदरमुकाममा नेपाल टेलिकमको सेवा बिस्तार
    नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा
    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो
    काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा"
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?

    स्वास्थ्य

    बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

    धर्म/संस्कृति

    हिन्दू देवता भगवान श्री कृष्ण
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो

    बिचार/लेख

    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

    उपत्यका

    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’

    समसामायिक

    अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

    बालकथा

    इमानदार किसान र धोखेबाज बेकर
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा

    अपराध

    धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ
    सुनचाँदी सहित चार पक्राउ
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन

    मनोरञ्जन

    लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल

    खेलकुद

    ‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक

    अन्य

    गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ