दलाली तथा कमिशनखोरी बाटै चलेको छ देश
मालपोत र यातायात कार्यालय हेरौं । दलालीहरुलाई पैसा र कागजात दिएर पठाउनु पर्छ, तुरुन्तै काम गरेर ल्याइदिन्छन् । सर्वसाधारण गए भने बहाना बनाएर फर्काइदिन्छन् । यता, लाइसेन्स खरिदबिक्री हुने क्रम जारी छ । ड्राइभिङ सेन्टरहरु बिचौलिया बनेका छन् ।
२० हजारदेखि डेढ लाखसम्म पैसा लिएर उनीहरुले लाइसेन्स बेचिरहेका छन् । पैसा र नागरिकताको प्रतिलिपि दियो भने घरमै लाइसेन्स आइपुग्छ । मुलुकमा दलाली निकै शक्तिशाली छन् । उनीहरु सरकारलाई घुँडा टेकाउने आँट राख्छन् । कुनै संस्थाले एक सय रुपैयाँ प्रतिकित्ता निकालेको सेयर ३२ सय पुर्याउन सक्छन् । पाँच हजार आना नपर्ने जग्गाको मुल्य लाखौंमा पुर्याउने श्रेय पनि उनीहरुलाई नै जान्छ । भारतमा एक लाख नपर्ने गाडी यहाँ ल्याएर लाखौंमा बेचिन्छ । अहिले सिँधै कोठा पाइँदैन् । दलालीमार्फत जानेपर्छ । कोठा, सटर, फ्ल्याट दलालीको कब्जामा छ । व्यक्ति कोठा खोज्न गए भने घरधनी दिनै मान्दैनन् । पछिल्लो समय कोठा, सटर र फ्ल्याटको दलाल गर्न अफिस नै खुलेका छन् । पहिले फर्म भर्ने नाममा पाँच सय ठग्छन् । त्यसपछि कोठा खोजेपछि पनि यति र उति कमिशन भन्छन् । एउटा अध्याँरो, चिसो कोठाको १० हजारसम्म पुर्याएका छन् । फ्ल्याट र सटर पनि त्यस्तै । सटर त लाखौंमा खरिदबिक्री हुन्छ । बिचौलियाहरु किसानसँग पाँच–१० रुपैयाँ किलोमा तरकारी किन्छन् । यहाँ ल्याएर किलोको सय–डेढ सय रुपैयाँमा बेच्छन् । प्रतिलिटर दूधमा किसानले कति नै चाँहि पाउँछन् र ? ३० रुपैयाँ, ४० रुपैयाँ । तर, यहाँ एक लिटर दूधको डेढ सय रुपैयाँ पर्छ । जिँउदो खसी किसानले पाँच सय रुपैयाँ किलोमा बेच्छन् । दलालीले यहाँ ल्याएर एक किलो मासुको १५ सय रुपैयाँ लिइरहेका छन् । उता किसान ठग्ने, यता उपभोक्ता । बीचमा बसेर बिचौलियाले भरमार कमाइरहेका छन् । सहकारीले जति बचतकर्ता बढाउन सक्यो, त्यति नै कर्मचारीलाई कमिशन दिन्थ्यो । विचरा, बचतकर्तालाई त कमिशनको चलखेल भइरहेको छ भन्ने के थाहा ? कर्मचारीले जे भने, उनीहरुले त्यसमाथि विश्वास गरे । र, पैसा लगेर राखे । सहकारीका बचतकर्ताले विश्वासको ठूलै मुल्य चुकाउनेपरेको छ । अहिले बैंकले त्यसै गरिरहेको छ । आफ्नो बैंक यति राम्रो भन्दै मान्छे खटाएर प्रचारप्रसार गराउन थालेको छ । त्यसैले सर्वसाधारण होसियार हुन जरुरी छ । पार्टी प्यालेसको हकमा पनि त्यही छ । यो पार्टी प्यालेस राम्रो छ, यसमा कार्यक्रम गरौं भन्छन् । बिचराले पत्याउँछन् । आफुलाई सहयोग गरेको भ्रममा बस्छ । तर, त्यहाँ कमिशनको चलखेल भएको छ । ठेकेदारहरु घरधनीलाई हार्डवेयर कम्पनीको प्रचारप्रसार गर्छन् । त्यहाँ लिएर जान्छन् । आफु कमिशन लिन्छन् । हरेक क्षेत्रमा बिचौलिया छन्, कमिशनको चलखेल भइरहेको छ । जता हेर्यो कमिशन । विडम्बना, यहाँ पनि कमिशनकै खेल चलिरहेको छ । तलदेखि माथिसम्म ‘सेटिङ्ग’ चल्न थाल्यो । राजनीतिमा पनि दलाली, व्यापारमा पनि दलाली । हुन त देश नै दलालीहरुले चलाएका छन् । फरक यति हो कि कसैले देशको दलाल गरेका छन्, कसैले सेवाको । अनुसा थापा, भक्तपुर
अग्रपृष्थ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
