मिति :

‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु

‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु

काठमाडौँ, १४ भदौः छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु भएको छ । १४ गते सुरु भएको कार्यक्रम भदौ २० गतेसम्म नेपाल फिल्म क्याम्पसमा हुनेछ ।

महोत्सव उक्त दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उहाँले नाटक क्षेत्रको विकासका लागि प्रतिष्ठानले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले बाल्यकालदेखि नै नाटकमा बालबालिकालाई लगाउन सके नाट्य क्षेत्रको विकासमा योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल र भारतका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महोत्सव आयोजना गरिएको निर्देशक प्रभाकर न्यौपानेले बताउनुभयो । कार्यक्रमले विद्यालयमा पढ्ने विद्यार्थीको प्रतिभा प्रस्फुटनसहित मञ्च प्रदान गर्न सहयोग गर्नेछ । आगामी दिनमा यसको निरन्तरताका लागि प्रयास गरिने पनि उहाँले बताउनुभयो ।

छुनुमुनुले हालसम्म देशभरिका २८ बढी विद्यालयमा अध्ययनरत करिब तीन हजार बढी विद्यार्थीलाई रङ्गमञ्च र अभिनयसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आएको छ । भारतका नाटक विद्यालय चार, नेपालको आठमध्ये उपत्यका बाहिरका दुईवटा, सामुदायिक एउटा र पाँचवटा संस्थागत विद्यालयका विद्यार्थीले नाटक मञ्चन गर्नेछन् ।

कला निर्देशक राजन भुजेलले दुई देशबीचको सांस्कृतिक पक्ष आदानप्रदान, कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने उद्देश्यले बाल नाटक महोत्सव आयोजना गरिएको बताउनुभयो । “छवटा संस्थागत विद्यालय सह–आयोजकका रूपमा रहेका छन् ।” महोत्सवको समन्वयकर्ताका रूपमा मानस निरौला रहनुभएको बताउनुभयो ।

महोत्सवको सह–आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चाँगुनारायण माध्यमिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यू स्कुल रहेका छन् ।

त्यसैगरी, पहिलो दिन १४ गते लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यू स्कुलका विद्यार्थीको नाटक मञ्चन भएको छ । दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’, तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक ‘कालकोठरी’, चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक ‘पोशाक’ मञ्चन हँुदैछ ।

यसैगरी, कोलकत्ता इएस्ओ नाटक शिखीको डा तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र पाचौँ दिन चाँगुनारायण माविका मञ्जु गिरिद्वारा निर्देशित नाटक सिम्रिकको ‘अठोट’, त्यस्तै, सोही दिन निसम्बिता स्कूल अफ ड्रिमको डा राम होलागुण्डीद्वारा निर्देशित ‘मिट्टि कि खोलनी’ नाटक मञ्चन हुँदैछ ।

अन्तिम दिन एभरेष्ट स्कूलको सुमन जीवनद्वारा निर्देशित नाटक ‘सीबियु चरी’ र हरिकुल नाटक समूहको दिनेशराज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा करिब १० वटा नाटक मञ्चन हुने जनाइएको छ ।

रासस
  • प्रकाशन मिति : २०८१/५/१९
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य