मिति :

सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने

सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने

भक्तपुर : सम्पदा संरक्षणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक स्नातक तहमा सांस्कृतिक सम्पदा संरक्षणको अध्ययन अध्यापन हुने भएको छ । भक्तपुरस्थित रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसन (आर. पी. फाउन्डेसन) ले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा सम्पदा संरक्षण विषयमा चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन यसै वर्षदेखि सुरु गर्ने भएको हो ।

यहाँ आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले अध्ययन अध्यापन कार्यको उद्घाटन गर्नुभयो । उहाँले नेपालमै पहिलोपटक सम्पदा संरक्षणमा स्नातक तहमा पढाइ सुरु हुनु खुसीको विषय भएको बताउनुभयो । सम्पदा संरक्षणको क्षेत्रमा नयाँ र दक्ष जनशक्ति उत्पादनका लागि अध्यापन सुरु गर्न आफूले भूमिका खेले पनि अब यसबाट लाभ लिन सबै पक्षको योगदान जरुरी रहेको धारणा राख्नुभयो । उहाँले सैद्धान्तिक कुराका साथै स्थलगत अभ्याससमेत गरिने यस विषयले सम्पदाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जले यस कार्यले भक्तपुरका उत्कृष्ट सम्पदाहरूको संरक्षणसँगै नेपालका सम्पदाबारे जान्न नयाँ पुस्ताका लागि अवसर भएको बताउनुभयो ।

फाउन्डेसनका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीले नयाँ पुस्तालाई सम्पदा संरक्षणमा आकर्षित गराएर देशको दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौँ विश्वविद्यालयसँगको सम्बन्धन र सहयोगले कार्यत्रम सुरु भएको बताउनुभयो । हरेक वर्ष २० देखि ४० जना जनशक्ति उत्पादन गरिने भन्नुहुँदै उहाँले यस वर्ष २० जनाका लागि भर्ना प्रक्रिया सुरु गरिएको जानकारीसमेत दिनुभयो ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सम्पदा संरक्षण क्षेत्रमा जनप्रतिनिधिलाई समेत आवश्यक ज्ञान दिन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले यहाँको सम्पदा पूजा पद्धतिको अभिलेखीकरण सुरु गरेको बताउनुहुँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेलले यहाँका अमूल्य मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा अध्ययन अध्यापन कार्य कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

यसैगरी कनकमणि दीक्षितले हराएका मूर्ति फिर्ता ल्याउने काममा मात्रै नभई कला, संस्कृति र सम्पदाको संरक्षणमा लामो समयदेखि लाग्दै आएका रवीन्द्र पुरीले राज्यले गर्नुपर्ने कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । कला, संस्कृति र सम्पदाको संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१/५/१९
  • अग्रपृष्थ

    विश्व शान्तिको कामनासहित महाआरती
    थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
    पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

    अर्थ /बिकास

    हुम्लाको सदरमुकाममा नेपाल टेलिकमको सेवा बिस्तार
    नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा
    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो
    काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा"
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?

    स्वास्थ्य

    बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

    धर्म/संस्कृति

    हिन्दू देवता भगवान श्री कृष्ण
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो

    बिचार/लेख

    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

    उपत्यका

    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’

    समसामायिक

    अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

    बालकथा

    इमानदार किसान र धोखेबाज बेकर
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा

    अपराध

    धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ
    सुनचाँदी सहित चार पक्राउ
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन

    मनोरञ्जन

    लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल

    खेलकुद

    ‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक

    अन्य

    गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ