पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई
काठमाडौँ, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत उहाँले पारालिम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो ।
“नेपालकी पलेशा गोवर्धनले पारालिम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्” उहाँले भन्नुभयो, “पलेशालाई यस उल्लेखनीय उपलब्धिका लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ ।”
रासस
अग्रपृष्थ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
