बिरालो र स्याल
कुनैबेला, त्यहाँ एक स्याल र एक बिरालो थियो जो तिनीहरूको साझा समस्या शिकारी कुकुरहरूबाट आफूलाई बचाउने धेरै तरिकाहरूको बारेमा छलफल गरिरहेका थिए ।
अहंकारले भरिपूर्ण भएको स्यालले आफू कति चतुर र बुद्धिमान छ भनेर घमण्ड गर्न थाल्यो । ‘हाम्रा आपसी शत्रु कुकुरहरूबाट टाढा हुने कम्तीमा सय चालहरू मलाई थाहा छ’, स्यालले भन्यो । यो सुनेर, बिरालोले आफूलाई असुरक्षित र तल्लो महसुस गर्यो र स्वीकार गर्यो कि उसलाई कुकुरहरू, शिकारीहरूबाट आफूलाई बचाउने एउटा मात्र चाल थाहा छ । बिरालोले भन्यो, ‘तिमीले मलाई आफ्नो केही तरिकाहरु सिकाउनुपर्छ ।’ अभिमानी स्यालले भन्यो ‘हुन्छ, कुनै दिन मसँग समय भएमा म तिमीलाई केही सरल तरिकाहरु सिकाउन सक्छु,’ स्यालले गम्भीर स्वरमा जवाफ दियो । जब तिनीहरू एक–अर्कासँग कुराकानी गरिरहेका थिए, तिनीहरूले टाढाबाट कुकुरहरूको भुकाइ सुने । बिस्तारै कुकुरहरू तिनीहरूको नजिक आउन थालेपछि भुक्ने आवाज चर्को भयो । तिनीहरू स्याल र बिरालोको धेरै नजिक आए । बिरालोलाई एउटै चाल थाहा थियो, जुन कुकुरको पहुँचभन्दा बाहिर रहेको रुख माथि चढ्नु । स्यालले विरालोलाई रुखमाथि चढेको देखे । बिरालोले स्याललाई देखे जसलाई वास्तवमा कुकुरहरूबाट आफूलाई बचाउनको लागि सयौं तरिकाहरू थाहा थियो र कुन चाल प्रयोग गर्ने भनेर अलमल्लमा परेको थियो । उनले स्याललाई बोलाएर सोधो ‘तपाईँको सय चालमध्ये कुन प्रयोग गर्ने हो?’ तर बिचरा स्याल रुखमुनि बसेर आफुलाई जोगाउन कुन चाल चलाउने भनेर सोच्दै थियो । उसले आफ्नो मन बनाउनु अघि, कुकुरहरू आइपुगे । तिनीहरूले स्याललाई झन्टे र उसलाई टुक्रा–टुक्रा पारे । बिरालोले सबैकुरा आफ्नै आँखा अगाडी देखे । उनले आफैलाई भने ‘सयौं चालहरु थाह हुनु भन्दा एउटै चालमा पोख्त हुनु नै राम्रो रहेछ ।’ वास्तवमा एक चाल मात्र सिपालु बिरालो सयौं चाल जान्ने स्यालभन्दा धेरै उत्कृष्ट र शुरक्षित रहेछ ।