बाबुको मुख हेर्ने दिन
हिन्दू धर्ममा आमा र बुबा दुवैलाई भगवानको विशेष स्थान दिइएको छ । पिता लाई गुरु, रक्षक, उद्धारकर्ता र पालनकर्ताको रुपमा चिनिन्छ ।
बुबाको मुख हेर्ने दिन उहाँलाई विशेष र अतिरिक्त समय तिर्ने दिन हो । यस दिनलाइ कुसे औसी वा पित्री तिरपाणी औसी वा गोकर्ण औसी भनेर पनि चिनिन्छ । यस दिनमा, नेपालीहरूले बुबालाई आफ्नो मनपर्ने खाना, लुगा र विभिन्न सामानहरू भेट गरि श्रद्धा प्रकट गर्दछन् । जसको पीता छैन उनले आफ्ना पीताको नाममा ब्राम्हणकहाँ गई सीदा दान गर्दछन् । यस दिनमा गोकर्णेश्वर धाममा विशेष दर्शन हुने गरेको छ । यो स्थान विश्वभरका सनातन दर्शनका अनुयायीहरूको विशेष तीर्थस्थल हो, विशेषगरी पितृहरूको मोक्षको लागि, पौराणिक कालदेखि नै यस तीर्थस्थलको महत्व रहिआएको छ । सनातन ग्रन्थहरूमा अधिक उल्लिखीत यस पवित्र स्थानमा यस दिन दान र पितृपुण्य गर्न मानिसहरु आउने गर्दछन् । यस दिन यहाँ नुहाउनु धेरै शुभ मानिन्छ । यस दिनलाई कुशे औशी पनि भनिन्छ । कुश एक पवित्र बिरुवा हो जुन लगभग सबै महाद्वीपहरू, पहाडहरू, र टापुहरूमा पाइने घाँस प्रजातिको एक व्यापक प्रकार हो । वैदिक सनातन हिन्दू रीतिरिवाज अनुसार कुश एक धेरै महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको एक पवित्र बोट हो, यसलाई स्वयं भगवान बिष्णुको अवतार मानिन्छ । पशुपालनका लागि अति पौष्टिक चाराका रूपमा पनि मानिने कुशलाई आदिम कालदेखि नै मानिसहरुले अत्यधिक प्रयोग गर्दै आएको छ । यसले वातावरणबाट अत्यधिक विषाक्त रेडियोएक्टिभ परमाणुहरू हटाउने काम गर्दछ । एक मुट्ठीभर कुशले वरपरका सबै विकिरणहरुलाई निस्क्रिय पार्ने क्षमता खाख्दछ । यसरी सनातन संस्कृतिमा कुशको निरन्तर प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवन शैली प्रस्तुत गर्दछ । पुस्तादेखि पुस्तासम्म, हिन्दू धर्मले सबैलाई यो वैज्ञानिक रूपमा प्रमाणित उच्च कोटीको विरुवा कुशबाट बनेको औंठी र अन्य सांस्कृतिक प्रयोगहरू प्रयोग गर्न प्रोत्साहित गर्दछ । औंठीको रूपमा प्रयोग गर्दा वायुमण्डलका विशाक्त तरंगहरू र विकिरणहरू नष्ट गर्ने विश्वास तथा वैज्ञानिक सिद्धान्त छ । तराईदेखि नेपालको पहाडसम्म सजिलै पाइने कुश बिरुवाको जराबाट विभिन्न प्रकारका औषधि पनि बनाइन्छ । सतानाग दर्शनको हरेक अनुष्ठानमा कुश अनिवार्य छ । कुशलाई राति वा औँशीको दिन घर ल्याइन्छ । कुशको महिमा भगवद्गीता, गरुड पुराण, अथर्ववेद र विष्णु पुराणमा पनि वर्णन गरिएको छ ।