मिति :

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल

काठमाडौँ, २२ भदौः पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणका रुपमा औल्याउँदै उहाँले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट गर्नुभयो ।

मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ । यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिङ्ग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं । अब पनि सुशासन, सामाजिक न्याय र समृद्धिहुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित रहेको औल्याउँदै अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा रहेको बताउनुभयो । भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै उहाँले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताउनुभयो ।

सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमै स्थापित गर्न आवश्यक छ रहेको औल्याउँदै पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदासूचीमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै उहाँले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष दाहालको भनाइ थियो ।

रासस

  • प्रकाशन मिति : २०८१/५/२६
  • अग्रपृष्थ

    सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने
    तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी
    विश्व शान्तिको कामनासहित महाआरती
    थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
    पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
    विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

    अर्थ /बिकास

    वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने
    तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
    हुम्लाको सदरमुकाममा नेपाल टेलिकमको सेवा बिस्तार
    नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा
    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो
    काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा"
    धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री
    नेपाल टेलिकमले उपलब्ध गरायो अन्तर्राष्ट्रिय रोमिङ सेवा
    नेपाल टेलिकमको सूचना
    भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
    पेट्रोलियम पाइपलाइन परियोजना:कसरी टुग्याइँदैछ लगानी मोडालिटी ?

    स्वास्थ्य

    साउनयता ७८ जनामा स्क्रबटाइफस
    बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी
    मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
    काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

    धर्म/संस्कृति

    बाबुको मुख हेर्ने दिन
    हिन्दू देवता भगवान श्री कृष्ण
    गोसाइँकुण्डमा भक्तजनको घुइँचो

    बिचार/लेख

    दलाली तथा कमिशनखोरी बाटै चलेको छ देश
    हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी, सहयोगको नाममा पाइलापाइलामा गरिँदैछ ठगी
    सरकारी सम्पत्ति दोहनमा राजनीतिक दलकै आड, योभन्दा बढी देशमा के होला र विकास ?

    उपत्यका

    कला, संस्कृति र सम्पदा संरक्षणका लागि ‘ज्यापू कल्याण तालिम भवन’
    उपत्यकामा गाईजात्रा पर्व मनाइयो
    ड्राइभिङ लाइसेन्ससम्बन्धी सरकारी प्रणालीमा ‘गम्भीर सुरक्षा कमजोरी’

    समसामायिक

    ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व
    वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
    आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक
    अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत
    फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
    मानव–वन्यजन्तु द्वन्द्व बढ्यो
    निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित
    मोहना नदीमा पूल नहूँदा डुङ्गाबाटै वारपार
    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप
    अलपत्र परेका १०१ मजदुरको मकवानपुबाट उद्धार

    बालकथा

    बिरालो र स्याल
    इमानदार किसान र धोखेबाज बेकर
    युद्ध गर्न नचाहने तरवार
    भँगेरा र हात्तीको कथा

    अपराध

    गैँडा चोरी सिकारीमा फरार चौतिस जना पक्राउ
    धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ
    सुनचाँदी सहित चार पक्राउ
    स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
    राजधानीकै ठूला पसलमा तस्करीको सुन

    मनोरञ्जन

    ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ सुरु
    लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानित
    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’
    क्यानडामा अञ्जु पन्तको भब्य प्रस्तुति
    एन्जल बनिन् मिस मंगोल

    खेलकुद

    पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई
    ‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम
    करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित
    क्रिकेट रंगशालाहरूलाइ प्राथमिकता दिएको मन्त्री चौधरीको भनाई
    आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक

    अन्य

    भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय
    गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
    श्रम आप्रवासन प्रणालीको भारत जाने श्रमिकहरुका लागि नयाँ नीति
    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ