मिति :

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला बारा, ६ असोजः बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिनुभयो ।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो । जङ्गलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ । यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।

रासस

  • प्रकाशन मिति : २०८१/६/९
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य