मिति :

बाल दिवसका अवसरमा नृत्य र वक्तृत्वकला प्रतियोगिता

बाल दिवसका अवसरमा नृत्य र वक्तृत्वकला प्रतियोगिता

सिमकोट (हुम्ला), २९ भदौः साठिऔँ बाल दिवसका अवसरमा यहाँ विद्यालयस्तरीय नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

सिमकोट गाउँपालिकाको आयोजनामा भएको नृत्य प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता थियो । गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामकानुसार प्रतियोगितामा मानसरोवर मावि ४१ अङ्क प्राप्त गरेर पहिलो, बालमन्दिर मावि ४० दशमलव ५० अङ्कसहित द्वितीय, कालशिल्ता आधारभूत विद्यालय ३९ दशमलव पाँच अङ्कसहित तृतीय तथा कैलाश मावि ३८ दशमलव पाँच अङ्कसहित चौथो (सान्त्वना) भएको थियो । उहाँहरूलाई नगदसहित स्टेश्नरी सामग्री प्रदान गरिएको थियो ।

यस्तै, माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा सिमकोट गाउँपालिकाका सातवटा विद्यालयको सहभागिता रहेको थियो । जसमा ३५ दशमलव ८८ अङ्क प्राप्त गरेर मानसरोवर माविका छात्र दिनेश शाह ी र त्यति नै अङ्क प्राप्त गरेर कर्णाली माविका रुपेश शाही प्रथम भएका थिए ।

यस्तै, ३५ दशमलव ५५ प्रतिशत अङ्क ल्याएर सैपाल माविकी छात्रा रश्मी बुढा द्वितीय, बालमन्दिर माविकी कटिना बोहरा तृतीय र रामदेव माविका दानबहादुर भण्डारीले ३३ दशमलव नौ अङ्क ल्याएर चौथो (सान्त्वना) हुनुभयो । विजेतालाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८१/६/२
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य