नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
२०८१/६/२३काठमाडौँ, २० असोजः यस वर्षको मनसुन गत आइतबार देखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेको तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा गत आइतबारहल्का वर्षा भएको पनि जनाइएको छ । केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ । मनसुन देशैभरि फैलिन भने अर्काे एक हप्ता लागेको थियो । रासस
अग्रपृष्थ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
