मिति :

क्रिसमसको उपहार

क्रिसमसको उपहार

२०८१ मङसिर १९, बुधवार

क्रिसमसको उपहार डेला र जिमको विवाह भएको एक वर्ष मात्र भएको थियो । तिनीहरूसँग धेरै पैसा थिएन ।

भोलिपल्ट क्रिसमस थियो । डेलासँग आफ्नो प्रिय पतिको लागि उपहारमा खर्च गर्नको लागि २०० रुपैया मात्र थियो । यति कम रुपैयाले के किन्ने ? उनी भावुक भइन् । उसले एक कदम ऐनामा पुग्यो र आफैलाई हे¥यो । उनको कपाल लामो र सुन्दर थियो ।

उनी सडकमा विग बनाउने पसलमा पुगिन् । “हामी कपाल किन्छौं,” एउटा प्लेकार्डमा लेखिएको थियो । डेला पसलमा पसिन् र कपाल कटाइन् । पसलेले कपालको २००० रुपैया दियो ।

जिमको सुनौलो पकेट घडी उनको सबैभन्दा बहुमूल्य सम्पत्ति बनेको थियो । त्ये घडी आफ्नो हजुरबुबाबाट आफ्नो बुबा र त्यसपछि जिममा गएको थियो । त्यस घडीको चेन जिमले निकालीरहेको डेलाले देखिकी थिइन् । त्यसले उनले श्रीमानको घडीको लागि चेन किने । साझ जब जिम फर्किए, डेलाले उनलाई घडीको चेन उपहार दिइन् ।

जिमले आफ्नो श्रीमतिको लागि कपालको कंधी उपहार दिइन । दुबै जना एक अर्काको उपहार देखेर आश्चार्य चकित भए । साथै खुसी पनि ।

जिमले भने – मैले मेरो घडीको चेन बेच्नु पर्यो तिमीलाई कपालको कंघी किन्नको लागि ।” डेलाले थपे “र मैले मेरो कपाल बेच्नु पर्यो तपाईलाई घडीको चेन लिनको लागि!”

जिम र डेला दुवैले एक अर्काको लागि आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति त्याग गरेका थिए। तिनीहरूले आफ्ना उपहारहरू अलग राखे र सँगै खाना खान बसे ।

  • प्रकाशन मिति : २०८१ मङसिर १९, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य