‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरू
२०८१ पौष ३, बुधवारकाठमाडौँ, २ पुस ः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ आजदेखि सुरू भएको छ ।
तेत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा आयोजित प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उद्घाटन गर्नुभयो । ज्ञान, परम्परा, शैली, शिल्पलाई नवपुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउँदै उहाँले यस्ता प्रदर्शनीले कलाको पुस्तान्तरणमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कला पर्यटनको विकासमा तथा स्वरोजगार, आत्मनिर्भर एवं कलामार्फत अर्थतन्त्रको योगदानमा पनि यस किसिमका प्रदर्शनीले विशेष महत्त्व राख्दछन् ।” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि अभियानका रूपमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले समाजका सबै विधा तथा क्षेत्रलाई मानवीयताका रूपमा समेट्ने माध्यम नै कला भएको धारणा राख्नुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले फरक क्षमता भएका कलाकारलाई प्रोत्साहित गर्न यस कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले अपाङ्गता भएका व्यक्तिहरूका सम्बन्धमा बनेका कानुन कार्यान्वयनको पाटो र उनीहरूलाई राज्यको हरेक कुरामा जोड्नुपर्नेमा जोड दिनुभयो । समारोहमा छोग्याल रिम्पोछे (कर्मा पुञ्चोक लामा)लाई कदरपत्र प्रदान गरिएको थियो । उहाँले कलालाई आर्ट थेरापी र सिर्जना दुवै मान्न सकिने बताउनुभयो । प्रदर्शनी यही पुस ५ गतेसम्म चल्ने छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
