मिति :

ढोरपाटनमा निःशुल्क आँखा शिविर

ढोरपाटनमा निःशुल्क आँखा शिविर

२०८१ मङसिर ५, बुधवार

ढोरपाटन (बागलुङ), ३ मङ्सिरः ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् । शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ । शिविरको पहिलो दिन पाँच सय ८१ जना र दोस्रो दिन चार सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिनुभयो । दुई दिनमा ५४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको उहाँको भनाइ छ ।

शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनुभयो । शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो ।

ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर ५, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य