मिति :

बौद्ध विहार सङ्घ ललितपुरको नयाँ नेतृत्व चयन

बौद्ध विहार सङ्घ ललितपुरको नयाँ नेतृत्व चयन

२०८१ मङसिर ५, बुधवार

पाटन (ललितपुर), २ मङ्सिरः बौद्ध विहार सङ्घ ललितपुरको ४९औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ ।

आज सम्पन्न साधारणसभाले रत्नाकर महाविहारका प्रतिनिधि करुणा रत्न बज्राचार्यको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत पुष्परत्न शाक्यले जानकारी दिनुभयो । निर्वाचन अधिकृत शाक्यले दिनुभएको जानकारीअनुसार उपाध्यक्ष पदमा मणिमण्डप महाविहारका पुष्प शाक्य, मयूरवर्ण महाविहारका सुरेन्द्र बज्राचार्य, हिरण्यवर्ण महाविहारका राजु बज्राचार्य र दत्तनाम महाविहारका अमोघबज्र बज्राचार्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

महासचिवमा यशोधर महाविहारका बाबुराजा बज्राचार्य निर्विरोध निर्वाचित हुनुभयो । सचिव पदमा ललितवर्ण महाविहारका दीपक शाक्य, कोषाध्यक्षमा गोपीचन्द्र महाविहारका नरेश शाक्य र सहकोषाध्यक्षमा वैशवर्ण महाविहारका रवीन्द्र शाक्य निर्विरोध चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा रुद्र वर्ण महाविहारका किशोर शाक्य, सप्तपुर महाविहारका हेमरत्न शाक्य, धर्मकीर्ति महाविहारका सरोज बज्राचार्य, रक्षेश्वर महाविहारका रूपकुमार शाक्य, गुणलक्ष्मी महाविहारका बुद्धरत्न बज्राचार्य, सुरशचन्द्र महाविहारका सुनिल शाक्य, लोकाकीर्ति महाविहारका राजेश बज्राचार्य, श्रीबच्छ महाविहारका वत्सकुमार शाक्य, बलाधर गुप्त महाविहारका दिनेश शाक्य, यम्पि महाविहारका विनोदराज शाक्य र नापीचन्द्र महाविहारका शैलेन्द्रराज शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत शाक्यले भन्नुभयो, “एक्काइस सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारी नपरेकाले यस वर्ष उक्त पद खाली नै रहनेछ, अध्यक्षको सिफारिसमा कार्यसमितिले चारजना सदस्यहरु मनोनयन गर्ने व्यवस्था रहेको छ ।”

विसं २०३२ मङ्सिर १ गते हिरण्यवर्ण महाविहारमा स्थापना भएको बौद्ध विहार सङ्घमा हाल ललितपुरका ३० वटा वौद्ध विहारको प्रतिनिधित्व रहेको निर्वतमान अध्यक्ष नानीकाजी शाक्यले जानकारी दिनुभयो । “ललितपुरमा दुई सय ५० भन्दा बढी विहारहरू छन्, सबैलाई सदस्य बनाउन सकिएको छैन, मुख्यमुख्य महाविहारबाट मात्रै प्रतिनिधित्व हुने ब्यवस्था रहेको छ ।”

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर ५, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य