रीचार्ज कार्ड बजारमा उपलब्ध
२०८१ मङसिर २६, बुधवारविगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको व्यहोरा जानकारी गराउँदछौं । यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।
साथै केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन र प्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत कम्पनी स्पष्ट पार्दछ । रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका ःयदष्भि एयष्लत इा क्बभि ९ःएइक्० र ल्बmबकतभ उबथ, भक्भधब, प्जबतिष्, क्ष्ःभ्एबथ लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको व्यहोरा अनुरोध छ ।

अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
