भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ
२०८१/७/१४ बुधबारकाठमाडौँ, ९ कात्तिक: भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ना ७ ख ३४८१ नम्बरको गाडीमा दुई हजार एक सय चार थान सर्ट, ६३ थान साडी, एक बोरा जिरा र एक बोरा खुर्सानी भन्सार छलेर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा आज कलङ्कीबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सवारी चालक मोरङको बेलबारी नगरपालिका–२ बस्ने ३५ वर्षीय विकास पोख्रेल र सहचालक रामेछापको मन्थली नगरपालिका–१४ बस्ने ३६ वर्षीय यामलाल घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । भन्सार छलीका सामग्रीसहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरणमा पठाइएको छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
