नेवार समुदायले भव्यसँग मनाएँ सकिमना पुन्ही
२०८१ मङसिर ५, बुधवारभक्तपुर, ३० कात्तिक: भक्तपुरको पाँचतले मन्दिर प्राङ्गनदेखि भक्तपुर र मध्यपुरथिमिको ऐतिहासिक मठमन्दिर र चोकमा आज झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।
आज कात्तिक शुक्ल पूर्णिमा ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमासलगायत भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृतिहरू बनाएर बत्ती बालेर भेटी चढाउनाका साथै पाटीमा दाफा भजन गाइरहेको देखिन्छ । यसदिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर गहुँ बिछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानको स्वरुप बनाउने, त्यस्ता स्वरुपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँदै त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङ्गारपटार गरी दक्षिणा चढाई दियो बालेर भजनकीर्तन गाउने प्रचलनअनुसार आज मन्दिर र पाटी पौवामा यस्ता दृश्य जताततै देख्न पाइन्छ । नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले आजको दिनलाई विशेष पर्वका रुपमा मनाएका छन्भने कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एकमहिने रात्रिकालीन दाफा भजनकीर्तन पनि आज रातिबाट समापन गरिनेछ । यस दिन आज पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय) बाट भगवानका आकृति बनाई त्यसलाई प्रसादका रुरूमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रूपमा चढाउने र त्यसलाई प्रसादका रूपमा ग्रहरण गर्ने प्रचलन रहेको अर्का संस्कतिविद् कमलनाथ जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “साँझ चन्द्रमा उदाएपछि चन्द्रमा र तुलसीलाई गाईको दूधको अघ्र्य दिई विधिवत् रूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गर्ने प्रचलनसमेत रहेको छ । ऋतु अनुसारको भोजन भगवान्लाई चढाएर मात्र खाने पर्वका रूपमा समेत सकिमना पुन्हीलाई लिने गरिएको छ ।” यसदिन विशेषगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । नेवार समुदायमा नशाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादका रुपमा चढाउने र गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरुप नशाः खुवाउने प्रचलन रहदै आएको छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
