मिति :

चाडपर्व बन्यो लुटतन्त्रः व्यापारीदेखि ट्याक्सी चालकबाट समेत लुटिँदै सर्वसाधारण !

चाडपर्व बन्यो लुटतन्त्रः व्यापारीदेखि ट्याक्सी चालकबाट समेत लुटिँदै सर्वसाधारण !

२०८१ मङसिर ५, बुधवार

तिहारको सबैभन्दा महत्वपूर्ण दिन, भाइटीका । बिहानैदेखि सडकमा घुँइचो देखियो । आफ्नो दाजुभाइलाई टीका लगाउन दिदीबहिनीहरु घरबाट सामानको थुप्रो लिएर निस्किएका छन् । प्रत्येकको हातमा झोला देखिन्छ । कतिपय दिदीबहिनी दाजुभाइलाई टीका लगाउन माइती जान्छन् त कतिपय दाजुभाइ दिदीबहिनीको घर जान्छन् ।

उपत्यकाभित्र क्युको गाडीहरु आज न्यून मात्र चलेको छ । सडकमा बस, माइक्रोबस, टेम्पो निकै कम देखिन्छ । जसका कारण सर्वसाधारण मर्कामा परेका छन् । कसरी आफ्नो गन्तव्यसम्म पुगु ? भइरहेको बेला सार्वजनिक यातायात नै कम चलिदिएपछि सर्वसाधारण तनावमा परेका छन् ।

पठाओ, इनड्राइभले मनलाग्दी भाडा असुलिरहेका छन् । आपतको समयमा सहयोग गर्नुको साटो पठाओ, इनड्राइभहरुले मौकाको फाइदा उठाएका छन् । निजी प्लेटका ती सवारी साधनले एक किलोमिटरमै तीन सयदेखि दुई हजार मागिरहेका छन् । ट्याक्सी चालकलाई झोला र बच्चा भएको मान्छे देख्नै हुँदैन् ।

एक किलोमिटरमै पाँच सय मागिहाल्छन् । देशमा सरकार छ तर नाम मात्रैका लागि । निजी प्लेटका सवारी साधनलाई यात्रु बोकेर पैसा कमाउन बन्देज छ । कालो प्लेटमा दर्ता भएको ट्याक्सीले पनि मीटरमा यात्रु बोक्नुपर्ने कानुनी व्यवस्था छ । तर, कसले टेर्ने ? कानुन कार्यान्वयन गर्ने निकाय नै सुस्ताएपछि सर्वसाधारण ठगिनु स्वभाविकै हो ।

दिँउसै रात पारेर लुट्ने काम भइरहँदा सरकार कहाँ छ ? यस्तो विशेष दिन यात्रु नठगिऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिनुपर्ने हो । सर्वसाधारणको सहजताका लागि गाडीको व्यवस्थापन गरिदिनुपर्ने हो । विडम्बना, सरकार गर्दैन् । जसका कारण चालकले जति भन्यो, त्यति नै तिर्नुपर्ने बाध्यता यात्रुलाई छ ।

सरकारले तोकेको भाडादरः फ्ल्याकडाउनबापत ५० र प्रतिकिमि ५० छ । तर, मीटरमा हिँडे पो । मीटर त देखाउनका लागि मात्रै राखेजस्तो भएको छ । सरकारको कारणले सर्वसाधारण ठगीको शिकार बनिरहेका छन् । उपत्यकाको जनसंख्या झण्डै एक करोड बराबर छ । ट्याक्सीको संख्या भने नौं हजार ।

चाडबाड नभएको बेला त ट्याक्सी चालकको लुटतन्त्र चल्थ्यो भने आज त उनीहरुको दबदबा नै बेग्लै हुन्छ । आफूले भनेजति भाडा तिरे मात्र चढाउँछन् । पैसा नहुनेलाई कसरी टीका लगाउन जाने भन्ने चिन्ताले सताउन थालेको छ । सर्वसाधारण लुटिदा सरकार मौन छ ।

अनुसा थापा, भक्तपुर

  • प्रकाशन मिति : २०८१ मङसिर ५, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य