पर्यटन प्रवर्द्धनका लागि टोखामा सडक नेवाः खाजा महोत्सव
२०८१/७/२८ बुधबारकाठमाडौँ, २४ कात्तिकः काठमाडौँको उत्तरी क्षेत्र टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना गरिएको छ ।
टोखा नगरपालिका–२ र ३ को आयोजना तथा नेवाः गुठी र टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा आज महोत्सव आयोजना गरिएको हो । टोखा गेटदेखि गणेशस्थान मन्दिरसम्म सडक खाजा महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको टोखा नेवाः गुठीका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । उहाँले टोखामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले धनी टोखामा स्थानीय दिदीबहिनीले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शन गरिएका उहाँले जानाकरी दिनुभयो । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
