न्हूदँ ११४५ को खुसियालीमा कीर्तिपुरमा ¥याली र साँस्कृतिक कार्यक्रम
२०८१/७/२१ बुधबारकाठमाडौँ, १७ कात्तिक: नव वर्ष नेपाल संवत् ११४५ शुरुभएको खुशियालीमा आज बिहान यहाँको म्वानः टोलबाट एक साँस्कृतिक ¥याली निकालियो ।
उक्त ¥याली कीर्तिपुर नगरको विभिन्न टोलहरुको परिक्रमापछि सांस्कृतिक कार्यक्रममा परिनत भएको थियो । ¥यालीमा यहाँका दाफा खलः, स्थानीय सामाजिक तथा साहित्यिक संघसंस्था र क्लबहरुको सहिभागिता थियो । कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य मुख्य अतिथि रहनुभएको उक्त सांस्कृतिक कार्यक्रममा ¥यालीमा सहभागी दाफा खलः तथा संघ संस्थालाई धन्यवादपत्र प्रदान गरिएको थियो । साथै, न्हूदँ कार्यक्रम आयोजना गर्न आर्थिक सहयोग गर्ने महानुभाव तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । न्हूदँ समारोह समितिका अध्यक्ष रामशरण महर्जनले ¥यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै समितिका आगामी कार्यक्रमहरुमा पनि सहयोग रहने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा आउँदो वर्ष न्हूदँ मनाउने जिम्मा चाफल टोललाई हस्तान्तरण गरिएको थियो । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
