स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकियो
२०८१/७/२१ बुधबारकाठमाडौँ, २० कात्तिकः आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकिएको छ । यसअघि वर्षाका कारण १ ओभरमा खेल रोकिएको थियो ।
अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । वर्षाका कारण रोकिएको खेल सुरु भएर छ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः रोकिएको थियो । पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
