मिति :

कोटहीमाईले किसानलाई विद्युत् निःशुल्क दिने

कोटहीमाईले किसानलाई विद्युत् निःशुल्क दिने

२०८१ मङसिर ५, बुधवार

मर्चवार (रुपन्देही): रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युत् निःशुल्क दिने योजना अघि बढाएको छ । यस योजनाअन्तर्गत गाउँपालिका भित्रका किसानलाई कृषि प्रयोजनका लागि निःशुल्क विद्युत् आपूर्ति गरिने छ । कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार पहिलो चरणमा वडा नं १, २ र ३ मा तार तथा खम्बा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ । किसानलाई सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उद्देश्य रहेको उहाँको भनाइ छ ।

“यसबाट उत्पादन लागत घट्ने र उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ”, अध्यक्ष त्रिपाठीले भन्नुभयो, “सिँचाइमा खपत हुने विद्युत् गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा किसानको मनोबल बढ्नेछ र खेतीपातीमा धेरै सुधार हुनेछ ।” मर्चवार क्षेत्रमा सिँचाइ अभावले उत्पादनमा कमी आएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा विद्युत् उपलब्ध गराउने कार्य सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर ५, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य