मिति :

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

२०८१ मङसिर १२, बुधवार

हुम्ला, ८ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा जिल्लाका १२ वर्ष उमेर माथिका, खोप लगाउन छुटेकालाई जनस्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मी वडावडामा गएर खोप लगाउने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतले जानकारी दिनुभयो । तीन जना स्वास्थ्यकर्मीसहित प्रत्येक वडामा स्वयम्सेविका परिचालन गरिएको उहाँले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर १२, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य