सरकारी गाडीको दुरुपयोग
२०८१ मङसिर १२, बुधवारसरकारी कार्यालय बन्द भएको बेला छ्याप्छ्याप्ती सरकारी गाडी देखिन्छ । कर्मचारीहरुले आफ्नो व्यक्तिगत कामका लागि सरकारी गाडीको दुरुपयोग गरेका छन् । हिजो पनि मिठाई पसल, मासु पसलको अगाडि सरकारी गाडीहरु छ्याप्छ्याप्ती देखिएको थियो ।
सार्वजनिक बिदा, अफिस टाइमबाहेक सरकारी गाडीको प्रयोग गर्न पाइँदैन् । कानुनमा उल्लेख भएको विषयलाई सरकारी कर्मचारीले धोती लगाइदिएका छन् । व्यक्तिगत कामका लागि सरकारी गाडीको प्रयोग गर्ने गरेका छन् । तर, नियामक निकाय टुलुटुलु रमिता हेरेर बसेको छ । जनताले तिरेको करमा खरिद गरिएको सरकारी गाडीमा कर्मचारीको मोजमस्ती चलेको छ भने त्यही जनतालाई चाँहि मँहगो भाडा तिरेर, पैदल यात्रा गरेर टीका लगाउन जानुपर्ने बाध्यता छ । सडक तथा सवारीसम्बन्धी नियम पालना गराउन ट्राफिक प्रहरी राखिएको छ । तर, ट्राफिक प्रहरी अनुगमनमा चासो नै देखाउँदैनन् । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्नुको साटो ट्राफिक देख्या नदेख्याझैं गरेर बस्छ । सरकारले जनप्रतिनिधिलाई पनि सरकारी गाडी दिएको छ । जनप्रतिनिधिबाट पनि व्यापक सरकारी गाडीको दुरुपयोग भइरहेको छ । सरकार भन्छ,‘चाडपर्व मनाऔं ।’ अनुसा थापा भक्तपुर
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
